नियम ७८घ
उजुरी सम्बन्धी व्यवस्था
(१) कार्यसम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरीवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन उपर चित्त नबुझ्ने निजामती कर्मचारीले ऐनको दफा २४क. को उपदफा (६घ) बमोजिम उजुर गर्दा सम्बन्धित पुनरावलोकनकर्ता भन्दा एक
श्रेणी माथिको अधिकारी समक्ष उजुरी दिन सक्नेछ ।
तर देहायका कर्मचारीले देहायका अधिकारी समक्ष उजुरी दिनु पर्नेछ ः-
(क) नेपाल न्याय सेवा बाहेकका राजपत्राङ्कित विशिष्ट श्रेणी वा प्रथम श्रेणीका कर्मचारी भए लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य,
(ख) नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणी वा प्रथम श्रेणीका कर्मचारी भए न्याय सेवा आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य ।
(२) उपनियम (१) बमोजिम उजुरी परेमा उजुरी सुन्ने अधिकारीले आवश्यक छानविन गरी पन्ध्र दिन भित्र निर्णय गरिसक्नु पर्नेछ
र त्यसको जानकारी निवेदक तथा पुनरावलोकन समितिलाई दिनु पर्नेछ ।
(३) उजुरी सुन्ने अधिकारीले उपनियम (३) बमोजिम निर्णय गर्दा सुपरीवेक्षक वा पुनरावलोकनकर्ताले दिएको अङ्कलाई नै कायम
राख्न वा सो अङ्क संशोधन गरी फरक अङ्क प्रदान गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम अङ्क संशोधन भएकोमा संशोधित अङ्क नै सुपरीवेक्षक वा पुनरावलोकनकर्ताले दिएको अङ्क मानिनेछ ।